बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति

आइतबार, २२ साउन २०७९, १६ : १९
आइतबार, २२ साउन २०७९

सिद्धार्थ बैंकले आ.व. २०७८–७९ मा रु. ३ अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना शेयर धनीहरुलाई रु. २५.७१ प्रति शेयर आम्दानी दिन पनि सफल भएको छ । बैंकको रु. १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र रु. २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको छ । 

यस्तै बैंकले आ.व. २०७८–७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु¥याएको छ । वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आ.व. २०७८÷७९ सम्ममा रु. १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी रु. १ खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल भएको जनाएको छ ।  

त्यस्तै आ.व. २०७८–७९ मा २ लाख ५० हजार भन्दा बढी नयाँ ग्राहकहरू बैंकिङ्ग सेवामा आबद्ध गरी कुल १४ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । यसैगरी बैंकले आफ्नो ग्राहकमध्ये ६ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा, ५ लाख ४५ हजार भन्दा बढी ग्राहकहरुलाई डेबिट कार्ड सेवा र ३० हजार भन्दा बढी ग्राहकहरुलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको जनाएको छ । 

बैंकले लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको छ । त्यसैगरी लघु, साना तथा मझौला स्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोही अनुसार बैंकले कर्जा प्रवाह गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप