बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

आइतबार, २२ साउन २०७९, १६ : ३१
आइतबार, २२ साउन २०७९

 बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिलवालको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । बाध्यताले विदेशिएका बुबा तथा भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ ।

म्यूजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नम्रता शर्माले अभिनय गरेका छन् । यो गीतमा सिलवाललाई गायनमा सन्ध्या बुढाले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीत रहेकाे गीत अदेश गुरुमछानले एरेन्ज गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप