बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप  दश हजारले बुस्टर डोज लगाए

आइतबार, २२ साउन २०७९, १७ : ०५
आइतबार, २२ साउन २०७९

बितेको २४ घण्टामा दश हजार ५३ जनाले कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको बुस्टर डोज खोप लगाएको छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, हालसम्म लक्षित जनसङ्ख्या ३१.५ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

लक्षित जनसङ्ख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१ जना रहेका छन् । जसमध्ये ७३ लाख ५१ हजार ६९६ जनाले बुस्टर डोज लगाएको मन्त्रालयले जनाएको छ । लक्षित जनसङ्ख्या मध्ये ९२.६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ८८.४ प्रतिशतले पूर्णमात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 यद्यपि कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा ७०.७ प्रतिशतले मात्रै पूर्णमात्रा खोप लगाएका छन् । ७४.० प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप