शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आजका टप टेन समाचार

आइतबार, २२ साउन २०७९, २१ : ०५
आइतबार, २२ साउन २०७९

आज मिति २०७९ साल साउन महिनाको २२ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ ।

महाअभियोग प्रस्ताव सिफारिस समितिमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाइएको छ । सभामुख अग्नि सापकोटाले महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले स्वीकृत गरेका छन् । 

पहिलो दिनमै आयोगमा दर्ता भए ५ पार्टी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । ​

नागरिकता विधेयक फिर्ता गर्न आग्रह

नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र बुझाइएको जानकारी दिइएको हो ।

महाअभियोग प्रस्ताव सिफारिस समितिमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाइएको छ । सभामुख अग्नि सापकोटाले महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले स्वीकृत गरेका छन् । 

५५३ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

एमालेसँग एकता हुन सक्दैन

नेकपा मालेले एमालेसँग अहिलेकै अवस्थामा एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको आधारमा माले र एमालेबीच एकीकरणको चर्चा चले पनि तत्काल यसको सम्भावना नरहेको मालेको आइतबार सम्पन्न स्थायी कमिटी बैठकको निष्कर्ष छ । 

प्रदेश १ मा हत्या र आत्महत्या अत्यधिक

देशभरका ७ वटा प्रदेशमध्ये प्रदेश १ मा जघन्य हत्या, आत्महत्या तथा बलात्कारका घटना धेरै भएको प्रहरीको तथ्याङ्क छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका थिए । दोस्रो नम्बरमा रहेको मधेस प्रदेशमा १०४ वटा हत्या भएका छन् । ​

कपन मिलनचोकको बिजोग

सामाजिक सञ्जालमा काठमाडौंको कपन मिलनचोकको सडकमा आएको बाढीले मोटरसाइकल बगाएको दृश्य देखिनु आजभोलि सामान्य भइसकेको छ । सडक, ढलको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष पानी परेका बेला यस क्षेत्रका स्थानीयले हैरानी पाउँदै आएका छन् । 

रुपन्देहीमा  को–को छन् आकाङ्क्षी

सरकारले आगामी मङ्सिर ४ मा चुनावको मिति घोषणा गरेपछि निर्वाचनमा रुपन्देहीबाट सङ्घीय सांसदमा उम्मेदवार बन्नेहरूको चर्चा सुरु भएको छ । ५ संसदीय क्षेत्र रहेको रुपन्देहीमा ठुला पार्टीका केन्द्रीय सदस्यहरू धेरै छन् । त्यसैले कसले टिकट पाउँला र कसले जित्ला आआफ्नै तर्कसहित चर्चा सुरु भएको देखिन्छ । ​

फुटबल खेलाडी विदेश पलायनको लर्को

नेपाली खेलाडीहरू विदेश पलायन हुने कुरा नौलो होइन । तर पछिल्लो समय फुटबल टिमका खेलाडीहरू लगातार विदेश पलायन हुँदा सबैको ध्यान तानेको छ । पछिल्लो दुई महिनामा नेपालका सात जना खेलाडी विदेश पलायन भएका छन् । उनीहरू अस्ट्रेलियामा हुने घरेलु प्रतियोगिताका लागि त्यहाँ पुगेका हुन् । यसले अखिल नेपाल फुटबल संघ (एन्फा)को सर्वत्र आलोचना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप