बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वृत्तचित्र ‘सहायक श्रीमान्’ ले जित्यो ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’

सोमबार, २३ साउन २०७९, १० : ५०
सोमबार, २३ साउन २०७९

बहुपति प्रथाको बिषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष्टसम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिबलमा वृत्तचित्रले उक्त अवार्ड हात पारेको हो । वृत्तचित्रका निर्देशक गणेश पाण्डे हुन् ।

वृत्तचित्रले जितेको अवार्डको बिषयमा निर्देशक पाण्डले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए । ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु’ पाण्डेले भने ।

यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।  बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो ।

घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्ला लगायतका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप