७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले मंगलबार ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो ।  सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको साउन २४ गते अर्थात् मंगलबार बिक्री हुनेछ । इच्छुक बैंक तथा वित्तीय कम्पनीहरु तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ । 


साउन २४, २०७९ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ ।  यसअघि बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ । पहिलो पटक १५ अर्ब १० करोड बिल बिक्री गरेको बैंकले अधिकतम् १२ प्रतिशत ब्याजदर प्रदान गरेको थियो भने पछिल्लोपटक १० अर्ब १० करोड जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी ब्याजदर अफर गरेको भन्दै राष्ट्र बैंक आफैले राखेको थियो । 
राष्ट्र बैंकमार्फत सरकारले ट्रेजरी बिल जारी गरेर अल्पकालीन आन्तरिक ऋण उठाउने गर्छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।