शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भू क्लोदिङ: नेपाली मेहनतलाई नेपालकै नाम

सोमबार, २३ साउन २०७९, १२ : २०
सोमबार, २३ साउन २०७९

निलन महतले मौलिक पहिचानमा गुणस्तरीय गार्मेन्टको नेपाली बजारको आवश्यकता सम्बोधन गर्ने गरी भू क्लोदिङ ब्रान्ड ल्याएका छन् । उनका अनुसार हाल भू ब्राण्डले पुरुषहरूलाई लक्षित गर्दै मुख्यतः चिनो पाइन्ट र  पोलो टि-सर्टहरू नेपाली बजारमा ल्याएको छ।

यो सन् २०१७ को कुरा हो। काठमाडौंका निलनले गार्मेन्ट कारखानाबाट विभिन्न किसिमको लोकल पोसाकहरू उत्पादन गर्दै थिए। ‘तर त्यो क्रममा मलाई मनमा सधैँ एउटा कुरा खट्किन्थ्यो कि मेहनत उत्तिकै लागे पनि अधिकांश लोकल पोसाकको केही पहिचान नै छैन। हामीले आफ्नो मेहनतमा अरूको पहिचान बेचिरहेका छौं। म आफू कर्पोरेट पृष्ठभूमिबाट आएको भएर पनि होला मलाई यो कुरा पटक्कै चित्त बुझ्दैनथ्यो।’

करिब चार वर्ष कपडा उद्योगमा बिताएका निलनले आफ्नो मेहनतलाई नाम दिँदै बिएचयू (भू) क्लोदिङको सिर्जना गरे। तर उनले पुरानै गार्मेन्ट कारखानालाई नयाँ नाम दिएका होइनन्। उनी पूर्णत: नयाँ नेपाली ब्रान्ड बनाउनतिर अग्रसर भए।

‘गायत्री मन्त्र 'ऊं भूर्भुव: स्व:' को भू अर्थात् माटो जसलाई जननी पृथ्वी भनेर पनि बुझिन्छ। त्यसैबाट उनले बिएचयू (भू) क्लोदिङको नाम राखेका हुन्। किनभने पृथ्वी पनि सबैको सृष्टिकर्ता हो र फेसन पनि सृजना र सृजनशीलतासँग जोडिएको हुन्छ।’

उनी भन्छन्, ‘अध्ययनको क्रममा नेपालमा मार्केट, खाद्य सामग्री तथा ग्राहक सम्बन्धी भरपर्दो तथ्याङ्क खोज्दा केही पनि पाइएन। त्यसैले हामीले होलसेल, रिटेल पसलहरू तथा ग्राहकसँग पनि बुझ्यौँ। उहाँहरूसँग कुरा गर्दा बजारमा चिनो पाइन्टको फाइदाहरू बारेमा जानकारी भए जस्तो पाएनौँ।’ 

भौतिक रूपमा भन्दा पनि बिएचयू क्लोदिङको वेबसाइट तथा इन्स्टाग्राम र फेसबुक पेज मार्फत सुरुमा ब्राण्ड लञ्च गरेका थिए। अहिले भने अनलाइनका साथै बिएचयू क्लोदिङका प्रोडक्टहरू सिभिल मल, सुरज अर्केड, लोत्से मल, दरबारमार्ग तथा कुमारी पाटी लगायतका पाँच ठाउँमा रिटेल प्लेसमेन्ट गरिएको उनले जानकारी दिए।

बिएचयूको एउटा चिनो पाइन्टको  ३३ सय ५० रुपैयाँ पर्छ भने भी नेक टि-सर्ट, राउण्ड नेक टिसर्टको रु १३ सय रुपैयाँ र सर्ट्सको २३ सय ५० रुपैयाँ मूल्य राखिएको छ। ग्राहकहरूले आफ्नो पहिलो खरिदमा १० प्रतिशत छुट पनि पाउँछन्।

आउँदो दशैँ तिहारलाई लक्षित गरी निलनले बिएचयू क्लोदिङको नयाँ कलेक्सन पनि लञ्च गर्दै छन्। उनले देशभर ५० वटा रिटेल आउटलेटमा बिएचयू क्लोदिङका पहिरनहरू राख्ने लक्ष्य पनि राखेका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप