शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिकअप ट्रक विंगल ५ लन्च

सोमबार, २३ साउन २०७९, १२ : २६
सोमबार, २३ साउन २०७९

जिडब्लुएम नेपालले पिकअप ट्रक विंगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमले डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरकोे थियो । अब नेपालमा उपलब्ध यो पिक–अप विंगल ५ मा १०५ किलोवाट र ३०५एनएम क्षमता प्रदान गर्ने नयाँ २.० लिटर टर्बो–डिजेल इन्जिन छ ।

यस्तै विंगल ५ मा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो–एयर कन्डिसन रहेको छ। यो २.० लिटर ईन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्ने कम्पनीको भनाइ छ।  

यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डीआरएल छ  भने बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ । पिकअप ट्रक विंगल ५ को मूल्य नेपाली बजारका लागि रु ५२ लाख ४९ हजार तोकिएको छ ।

भि.जि ईम्पेक्स प्रा. लिमिटेड (जि.डब्लु.एम नेपाल) नेपालको लागि जि.डब्लु.एम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप