लोसपालाई गठबन्धनमा ल्याउन विमलेन्द्र निधिको प्रस्ताव
सोमबार, २३ साउन २०७९, १३ : ०७

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । हालै भारत भ्रमणबाट फर्केका निधिले काँग्रेस पार्टीको आज बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव राखेका हुन् ।
पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा तयार रहेको छ । तर गठबन्धनमा रहेका दलहरूको बीचमा कुरा नमिलेको कारण त्यो सफल हुन सकिरहेको छैन । हिजो मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निर्णय हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यो विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
-
समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
-
‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएर दमन गर्यो’
-
शिक्षकहरूको माग सम्बोधनका विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सूर्य थापा
-
असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा
-
एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दा 'हेर्न नमिल्ने'