शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बानेश्वरमा खुल्यो सनराइज फर्निचरको तेस्रो शोरुम

सोमबार, २३ साउन २०७९, १३ : २६
सोमबार, २३ साउन २०७९

सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा सञ्चालनमा आएको छ । शोरुमको एक कार्यक्रमबीच औपचारिक उद्घाटन भयो । शोरुम विष्णुमाया बस्नेत र चिनियाँ लगानीकर्ता वाङ जुजुङ्गले उद्घाटन गरेका हुन् ।

सनराइज फर्निचर स्वदेशी ब्राण्ड हो । नेपाली र चिनियाँ व्यवसायीहरुको संयुक्त लगानीमा  सनराइज फर्निचरको फ्याक्ट्री १४ वर्ष अगाडि स्थापना भएको थियो । यस अगाडि ढल्कु र जडिबुटीमा २ वटा शो रुमसमेत स्थापना भएर सेवा प्रदान भइरहेको छ ।

कम्पनीले आकर्षक शो रुमसहित नयाँ बानेश्वरमा तेस्रो शाखा स्थापना गर्न सफल भएको छ । ४ वटा तलामा विविध प्रकारका फर्निचर सामग्री सजाइएको छ । ग्राहकले आफ्नो रोजाई अनुसारको फर्निचरहरू शो रुमबाट अर्डर गर्न सक्ने सञ्चालक सुमन बस्नेत बताउँछन् । नेपालमा काठको फर्निचरमा ‘नम्बर वान’ बन्ने लक्ष्यसहित कम्पनीले सेवा प्रदान गरिरहेको बस्नेत बताउँछन् । ‘गुणस्तरीय फर्निचर आवश्यक पर्ने ग्राहकले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ,’ बस्नेतले भने ।

यसैबीच, शो रुम उद्घाटनको अवसरमा कम्पनीले ३ दिनसम्म विशेष छुट अफर ल्याएको छ । अफर अन्तर्गत ३० प्रतिशतसम्म छुट प्रदान हुने कम्पनीले जनाएको छ । उद्घाटन अफर साउन २३ गतेसम्म लागु हुनेछ । क्वालिटी, फिनिसिङ, राम्रो काठको छनोट, राम्रो प्लाइको प्रयोगले सनराइज फर्निचरका सामान निकै आकर्षक र बलियो हुने बस्नेत बताउँछन् । ‘ग्राहकको अर्डर र डिजाइन अनुसारको फर्निचर सामग्री तयार हुन्छ,’ उनले भने । सनराइज नेपालमै बनेको फर्निचर ब्राण्ड भएकाले धेरैको रोजाइमा पर्ने गरेको र आगामी दिनमा अझै बढी बिक्री हुनेमा आफूहरु विश्वस्त रहेको बस्नेत बताउँछन् ।

शोरुममा अफिस फर्निचर, कस्टम फर्निचर, किचन फर्निचर, स्टोरेज फर्निचर, होटल तथा रेष्टुरेन्ट फर्निचर, लिभिङ रुम फर्निचर, बेड रुम फर्निचर लगायत ग्राहकले आफ्नो आवश्यकता अनुसारको फर्निचर शोरुममा अर्डर गर्न सक्ने बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप