शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

सोमबार, २३ साउन २०७९, १३ : ५२
सोमबार, २३ साउन २०७९

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो । 

विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा  नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने विश्वास लिए । 
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप