बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने

सोमबार, २३ साउन २०७९, १६ : ११
सोमबार, २३ साउन २०७९

टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको इसेवाले जनाएको छ । 

केही दिनमै बाँकी ब्रोकरहरुमा पनि सेवा उपलब्ध हुने जनाइएको छ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन्  ।

यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने कम्पनीको विश्वास छ । यो कारोबार रियल टाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने जनाइएको छ ।  इसेवाका लगानीकर्ताले इ सेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । 

टिएमएसमा रकम पठाउन सकिने विषयमा इ सेवाका बिजनेस हेड आशिष गौतमले भने, “आर्थिक स्वाधीनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इ सेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप