शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६१ प्रतिशत बीमा अभिकर्ताको हातमा, दबाबमा पोलिसी बेचिँदै

सोमबार, २३ साउन २०७९, १६ : ३५
सोमबार, २३ साउन २०७९

नेपाली बीमा क्षेत्रमा अधिकांश बीमा पोलिसीहरु अभिकर्ता (बीमा लेख बिक्रेता एजेन्ट)हरुकै जोड–बलमा हुने गरेको पाइएको छ । बीमा क्षेत्रमा गरिएको एक अध्ययनले कुल बीमा लेखको अधिकतम ६१ प्रतिशत लेख एजेन्टहरूको सक्रियतामा हुने गरेको देखाएको हो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले हालैमात्र देशभरका जीवन बीमा सम्बन्धी गरेको एक सर्वेक्षणले ८९ प्रतिशत बीमा लेख बीमित आफैले बुझेर गर्ने गरेको, ८ प्रतिशतले अभिकर्ताको दबाबमा र ३ प्रतिशतले देखासिकीमा गर्ने गरेको देखाएको हो ।

जसमा बीमालेख खरिदमा ३७ प्रतिशतले आफैले बीमकसँग सम्पर्क गरेर गरेको पाइएको छ भने ६१ प्रतिशतले अभिकर्ताको सम्पर्कमा र न्यूनतम ३ प्रतिशतले अरुले गरेको देखासिकीमा बीमा गरेको पाइएको छ। जसमध्ये पनि ८० प्रतिशतले आफैले पोलिसी विषयमा बुझेर खरिद गरेको, १८ प्रतिशतले अभिकर्ताले भने अनुसार खरिद गरेको र २ प्रतिशतले पोलिसी विषयमा केही थाहा नभएको बताएका छन् । 

कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको थियो । जीवन बीमा गरिसकेका ४९२ जना बी​मितसँग गरिएको सर्वेमा १९० जना महिला र ३०२  जना पुरुष सहभागि थिए । कम्पनीले प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्भेमा समावेश गरिएको थियो । ५० जना सहयोगी कर्मचारीहरुलाई सहभागि गराइएको सर्भेको तथ्याङ्कहरु परिष्कृत गरी हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको कम्पनीको भनाइ छ । 

बीमा समितिले दिएको तथ्याङ्कमा बीमाको कभरेज १० वर्ष भित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशतमाथि पुगिसकेको छ भने कभरेज बढे अनुसार दवावमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको कम्पनीको भनाइ छ । यद्यपि, बीमा क्षेत्रमा आवश्यकताभन्दा बढी कम्पनीहरु भई अस्वस्थ प्रतिस्पर्धा हुँदा बीमा क्षेत्रमा विकृति समेत मौलाएको कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप