मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२० दिनमा बैंकबाट बाहिरियो ९५ अर्ब रुपैयाँ

सोमबार, २३ साउन २०७९, १७ : ३९
सोमबार, २३ साउन २०७९

बैंकहरुबाट निक्षेप बाहिरिने क्रम रोकिएको छैन । आर्थिक वर्ष सुरु भएसँगै लगातार वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिरहेकोमा साउन २० गतेसम्म ९५ अर्ब रुपैयाँ बाहिरिएको हो ।  नेपाल बैंकर्स संघले दिएको रिपोर्टअनुसार साउन १३ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुबाट ९१ अर्ब रुपैयाँ बाहिरिएकोमा पछिल्लो हप्ता अर्थात् साउन २० गतेसम्म थप ४ अर्ब रुपैयाँ बाहिरिएको हो । 

संघका अनुसार साउन १ गतेदेखि २० गतेसम्म कुल ९५ अर्ब रुपैयाँ बाहिरिँदै ४४ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । यस्तो निक्षेप गत असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको थियो ।  यता वितीय तरलता बढेसँगै बैंकहरुले लगानीमा कडाई गरेपछि कर्जा लगानी भने खासै हुनसकेको छैन ।

संघका अनुसार साउन १ गतेदेखि २० गतेसम्म २६ वटा बैंकले ९ अर्ब रुपैयाँले कर्जा घटाउँदै कुल ४१ खर्ब ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । जबकी असार मसान्तसम्म बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप