प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
सोमबार, २३ साउन २०७९, १८ : २५
भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।
प्रशिक्षकको हैसियतमा उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ। ‘नेपालमा क्रिकेटप्रतिको मेरो चासो पहिलेदेखि छ । नेपाली खेलाडीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेको छु । त्यसैले म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु,’ प्रभाकरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृग भनेर हानेको गोली साथीलाई लागेपछि...
-
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
-
अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
-
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल