अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

अग्नी ग्रुपले सेवाग्राहीहरुको सुविधाका लागि नयाँ २ एस सर्भिस सेन्टर “पोखरा अटो वर्कश​“ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि हो ।


पोखरा अटो वर्कशको सोमबार अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, युगल सिंह बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड र सन्तोष सुवेदी गण्डकी प्रदेश प्रबन्धकद्वारा अग्नी ग्रुप तथा बतास संस्थाका प्रतिनिधिहरूका साथसाथै अन्यको उपस्थितिमा सामूहिक रुपमा उद्घाटन गरिएको थियो ।



अग्नी ग्रुपले हाल नेपालभरी रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन सम्पन्न गर्ने लक्ष्य पनि लिएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।