बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निद्राको समस्यासँग जुधिरहेकाहरुले बिर्सेर पनि नखानुहोस् यस्ता चिज

मङ्गलबार, २४ साउन २०७९, ०६ : ५४
मङ्गलबार, २४ साउन २०७९

निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ । यदि निद्रा गडबड भयो वा राति राम्रो निन्द्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन थाल्छ ।

यी ८ खानेकुरालाई कालोसूचीमा राख्नुहोस्

मदिरा

दिनभरीको थकाई मेट्ने र राती मिठो निद्रा पर्छ भनेर मदिरा सेवन गर्नुहुन्छ भने तपाईंले आफ्नो सोच बदल्ने बेला आएको छ किनभने तपाईंले यस्तो गरेर निद्रा मात्रै नभई स्वास्थ्यलाई  पनि बर्बाद पारिरहनुभएको छ । मदिरामा क्यालोरी पनि धेरै हुन्छ जसले तौल बढाउने र मधुमेह बढाउने काम गर्छ ।

पिज्जा – बर्गर

पिज्जा जुनसुकै बेला खानु राम्रो होइन तर यो राती खाँदा स्वास्थ्यलाई थप हानी गर्छ । मैदा र धेरै प्रकारका सस र चीजहरूबाट बनेका यी पिज्जाले मुटु पोल्ने गर्छ । तपाईंले बेलुका यो खाँदा यसले तौल र मधुमेहका साथै उच्च रक्तचाप निम्त्याउन सक्छ ।

चिप्स, दालमोठ  

यदि तपार्इंलाई बेलुकाको खाना पछि चिप्स वा दालमोठसँग  चिया पिउने बानी छ भने, यो बानी आजै परिवर्तन गर्नुहोस् किनभने तपार्इंको निद्रा र स्वास्थ्यका लागि यो असाध्यै हानिकारक हो । यी खानेकुरा तपाईंको शरीरका लागि मन्द विष जस्तै हुन् । यस्ता खानेकुरामा धेरै नै मोनोसोडियम ग्लुटामेट हुन्छ जसले तपाईंको निद्राको ढाँचालाई ध्वस्त पार्ने गर्छ । साथै, उच्च रक्तचाप, मधुमेह र तौल बढ्नका लागि यी जिम्मेवार हुन्छन् ।

पत्तेदार तरकारी

ब्रोकली वा बन्दागोभी जस्ता हरियो सागसब्जी खानु स्वास्थ्यका लागि राम्रो भए पनि यसले ग्यास उत्पादन गर्ने भएकाले बेलुकीको खानामा सकेसम्म यस्ता खानेकुरा नखानुहोस् । यसमा अघुलनशील फाइबरको उच्च मात्रा हुन्छन्, जसले तपाईंलाई लामो समयसम्म पेट भरिएको जस्तो महसुस गराउँछ र यी बिस्तारै पच्छन् । यस्ता तरकारी खाएर सुत्दा यो प्रक्रियालाई थप ढिलो बनाइदिन्छ, जसका कारण यसले ग्यास वा अन्य पाचन सम्बन्धी समस्या निम्त्याउन थाल्छ । रातीको खानामा प्याज, ब्रोकली, बन्दागोभी, काउली आदि नखानुहोस् ।

रातो मासु

रातो मासु पक्कै पनि प्रोटिन र आइरनले भरिपूर्ण हुन्छ, तर यो तपाईंको बेलुकीको खानाको लागि राम्रो विकल्प होइन । यो खाएपछि सुत्दा तपाईंलाई बेचैनी र निद्रामा बाधा पुग्न सक्छ ।

बर्गर वा स्यान्डविच

बर्गरमा अतिरिक्त सलाद थपेर खाँदा स्वस्थ भइन्छ भन्ने लाग्छ ? तर वास्तविकता त्यस्तो होइन । बर्गरमा पाइने फ्याटी फिलिङ्ग्स र ससले बर्गरलाई असाध्यै स्वादिलो त बनाउन सक्छ तर यो स्वस्थकर भने होइन । यसले पेटमा एसिडको मात्रा बढाउँछ, यसले मुटुको समस्या निम्त्याउँछ र राति खाएर सुत्दा यी समस्या तीब्र रुपमा बढ्छ जसले निद्रामा बाधा निम्त्याउन सक्छ ।

पास्ता

क्यालोरी र कार्बोहाइड्रेटले भरिपूर्ण पास्ताले तपाईंलाई पेट भरिएको जस्तो महसुस त गराउँछ तर तपाईंको निद्रा र स्वास्थ्यका लागि भने यो हानिकारक हो । यसमा पाइने कार्बोहाइड्रेट हानिकारक बोसोमा परिणत हुन्छ, जसले कोलेस्ट्रोल, बीपी र मुटु रोग निम्त्याउँछ । यसको ग्लाइसेमिक इन्डेक्स उच्च छ, त्यसैले यो मधुमेहको कारण पनि हुन सक्छ । पास्ता राति खानाले एसिडको निर्माण हुनछ जसले एसिडिटी र ग्यास निम्त्याउँछ ।

डार्क चकलेट

 डार्क चकलेटमा प्रशस्त मात्रामा क्याफिन र उत्तेजक तत्व पाइन्छ, जसले मुटुलाई आराम दिनुको सट्टा मुटुको काम र मस्तिष्कलाई सक्रिय राख्छ । यसलाई दिउँसो सेवन गर्दा फाइदा हुन्छ तर राती राम्रो निद्राका लागि यो राम्रो होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप