समाचार

एकातिर करार शिक्षकको आन्दोलन चर्कंदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

person explore access_timeसाउन २४, २०७९ chat_bubble_outline0

महोत्तरीको बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्कंदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि  मेयर प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।


राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् । सोमबार बसेको सर्वदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।



तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ । माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक शिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।