शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवानी सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

मङ्गलबार, २४ साउन २०७९, १० : ०७
मङ्गलबार, २४ साउन २०७९

ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्रसका प्रवक्ता लोउ वोई–जेले जानकारी दिए । 

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गेको थियो । दशकौँ पछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् । 

ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ । चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ । 

मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौं सेना र करिब ४० हाउविजर (लामो दूरीका हतियार) तैनाथ हुने सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप