इस्को सेभियामा अनुबन्ध
मङ्गलबार, २४ साउन २०७९, १० : ५०
स्पेनिस ला लिगा क्लब रियल मड्रिडका मिडफिल्डर इस्को अर्को स्पेनिस क्लब सेभिया अनुबन्ध भएका छन् । गत सिजनको ला लिगा र युइएफए च्याम्पियन्स लिग जितेसँगै इस्को सान्टियोगो बर्नाबेउको बसाइमा पूर्णविराम अन्त्य गर्ने मनस्थितिमा थिए ।
नो वर्ष रियल मड्रिडमा बिताएका इस्कोले तीन पटक स्पेनिस ला लिगा र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । इस्को सन् २०१३ मा मालागाबाट रियाल मड्रिड गएका थिए ।
सेभियाले इस्कोको स्वास्थ्य परिक्षण भइसकेको र उनलाई बुधबार रामोन सान्चेज पिज्वान स्टेडियममा सार्वजनिक गरिने बताएको छ । नयाँ सिजनका लागि सेभियाले अनुबन्ध गरेको इस्को तेस्रो खेलाडी हुन् । यसअघि सेभियाले मर्काओ र एलेक्स टेन्सलाई भित्र्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?