रहस्यमयी तरिकाले लामो भइरहेको छ दिन, वैज्ञानिकलाई थाहा छैन वास्तविक कारण

person explore access_timeसाउन २४, २०७९ chat_bubble_outline0

तपाईंको दिन रहस्यमयी तरिकाले लामो भइरहेको छ । अर्थात् धर्तीको दिनको समय विचित्र तरिकाले बढिरहेको छ र यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन । यदि यस्तै भइरह्यो भने निकै भयावह स्थिति पैदा हुने बताइएको छ । विश्वभरका एटोमिक क्लक्सले गणना गर्दै पृथ्वीको दिनको समय रहस्यमयी तरिकाले बढिरहेको बताएको छ । यसले हाम्रो समयको गणनामा मात्रै नभई जिपिएस, नेभिगेसन र सञ्चारसम्बन्धी थुप्रै अन्य प्रविधिमा पनि समस्या निम्त्याउने ।


धर्तीको दिनको गणना यसको कक्षमा परिक्रमाद्वारा गणना गरिन्छ । तर धर्तीले आफ्नो कक्षमा घुम्ने गति लगातार बढिरहेको छ । पछिल्ला केही दशकदेखि हाम्रो दिन छोटो भइरहेको थियो । जून २०२२ मा सबैभन्दा छोटो दिनको रेकर्ड पनि गरियो । अर्थात्, पछिल्लो आधा शताब्दीमा यो सबैभन्दा छोटो थियो । तर यो रेकर्ड स्थापित भएपनि अब धर्तीले गति मन्द पारिरहेको छ । दिन लम्बिँदै छन् । यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन ।



हाम्रो फोन वा घडीले यही २४ घण्टाको सटीक समय देखाइरहेको छ । तर पृथ्वीले २४ घण्टामा लगाउने चक्कर अब केही समय बढि लिइरहेको छ । साधारणतया यो परिवर्तन करोडौँ वर्षमा हुने गर्छ । यति छिटोछिटो होइन । यद्यपि, वैज्ञानिकका अनुसार यसको कारण धर्तीमा आउने भूकम्प र आँधी पनि हुनसक्छन् ।



करोडौँ वर्षदेखि धर्तीको घुम्ने गति मन्द भइरहेको छ । चन्द्रमाबाट निस्कने टाइड्सको घर्षण पनि यसको कारण हुन् । हरेक शताब्दीमा २.३ मिलिसेकेन्ड धर्तीको दिनको समयमा जोडिँदै छ । केही करोड वर्ष अघि धर्तीको दिन १९ घण्टाको मात्रै हुने गर्दथ्यो । तर पछिल्लो २० हजार वर्षदेखि दोस्रो प्रक्रिया सुरु भयो । त्यो पनि विपरित दिशामा । धर्तीको गति बढ्न थाल्यो । यो कुरा हो अन्तिम हिमयुगको जब ध्रुवीय बरफ पग्लिँदा सतहको दबाब कम भइरहेको थियो । पृथ्वीको मध्य तह अर्थात् मेन्टल​ बिस्तारै ध्रुवतिर सर्दै थियो ।

यो ठीक त्यही प्रक्रिया हो जसरी कुनै बेली डान्सरले आफ्नो घुम्ने गति बढाउनका लागि आफ्नो हातलाई शरीरको नजिकै राख्दछ । यसो गर्दा नर्तक आफ्नो अक्ष अर्थात् खुट्टामा तीव्र गतिले घुम्न सक्दछ ।  हाम्रो धर्ती घुम्ने गति त्यतिबेला बढ्छ जब उसको मेन्टल, एक्सिस नजिकै पुग्छ । यसका कारण धर्तीको हरेक दिन ०.६ मिलिसेकेन्ड कम हुन्छ । धर्तीको एक दिनमा ८६,४०० सेकेन्ड हुन्छन् ।

पछिल्लो थुप्रै दशकदेखि धर्तीको आन्तरिक संरचना र सतहबीच एक सम्बन्ध बनेको छ । यदि कुनै ठूलै भूकम्प आयो भने यसले धर्तीको दिनको लम्बाईलाई परिवर्तन गरिदिन्छ । भलै अन्तर कम समयको होस् । जस्तै सन् २०११ मा जापानमा आएको ८.९ तीब्रताको भूकम्पले धर्तीको घुम्ने गतिलाई १.८ मिलिसेकेन्ड बढाइदिएको थियो । यो त ठूलो घटना भयो । यसका साथै यस्ता स–साना घटना भइरहन्छन् जसले धर्तीको दिनको समयलाई बदल्ने काम गर्छ जस्तै – जलवायु परिवर्तन, मौसम परिवर्तन आदि । यसले धर्तीको घुम्ने गतिलाई हरेक दिशाले प्रभावित गर्छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।