आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक
भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ । वाई शृङ्खलाका स्मार्टफोनहरू “अन द गो” मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ । यो स्मार्टफोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।”
वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै