शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोकिएन नासुहरुको आन्दोलन, कार्यालयमै अनुपस्थित (तस्बिरहरु)

मङ्गलबार, २४ साउन २०७९, १३ : ४३
मङ्गलबार, २४ साउन २०७९

सरकारले बजेट छलेर मनोमानी तलब हेरफेर गरेको भन्दै सोमबार पेन डाउन गरेका सिंहदरबार भित्रका नायब सुब्बा (नासु) हरू मंगलबार भने कार्यालयमै अनुपस्थित भएका छन् । कार्यालय आएका केही नासुहरू पनि आन्दोलन भन्दै कार्यक्षेत्रमा छैनन् । 

बजेटमा सबै कर्मचारीको १५ प्रतिशत तलब बढाइए पनि  फेरि अधिकृत, उपसचिव, सहसचिव र सचिवहरूको तलब १८ देखि २४ प्रतिशतसम्म बढाएपनि नायब सुब्बा र खरिददारहरूको १५ प्रतिशत नै कायम गरिएकोमा उनीहरुले विरोध गरेका हुन् । 

नासु तहका कर्मचारीहरुले ठुला तहका कर्मचारीकोमात्रै तलव बढाएको भनेर असन्तुष्टि पोखेपछि अर्थमन्त्रीले पछिल्लो निर्णय कार्यान्वयन नहुने मौखिक आश्वासन दिएपनि उनीहरुले आन्दोलन रोकेका छैनन् । 
राजस्व सचिव कृष्णहरि पुष्करले तलब वृद्धिको विषयमा परिपत्र जारी नगरिएका कारणले गर्दा सहजै निर्णय फिर्ता गर्न सकिने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप