शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको सुर्खेत कार्यालयमा उजुरीको चाङ, अनुसन्धान सुस्त

मङ्गलबार, २४ साउन २०७९, १५ : १३
मङ्गलबार, २४ साउन २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा वर्षेनी उजुरीको संख्या बढ्दै गइरहेको छ । तर, अनुसन्धानमा भने ढिलाइ हुने गरेको छ । सुर्खेत कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा झण्डै ६३ प्रतिशतले उजुरी बढेको छ । 

गत एक वर्षको अवधिमा भ्रष्टाचार र अनियमितताका एक हजार ४३१ वटा उजुरी अख्तियारमा परेका कार्यालय प्रमुख भोला दाहालले जानकारी दिए । सबैभन्दा बढी सुर्खेतबाट २९३, दैलेखबाट २४०, मुगुबाट १५०, कालिकोटबाट १४५, हुम्लाबाट १४३, जाजरकोटबाट १३६, जुम्लाबाट ९६, सल्यानबाट ९४, रुकुमपश्चिमबाट ७५ र  डोल्पाबाट ५५ उजुरी परेका छन् ।

 यस्तै सुर्खेत कार्यालयले रुकुमपूर्वलाई पनि हेर्ने गरेको छ ।  रुकुम पुर्वबाट ५ वटा उजुरी परेका छन् ।  यस्तै चालु आर्थिक वर्षको साउन महिनामा मात्र ९४ वटा उजुरी परिसकेका छन् । उजुरी सबैभन्दा बढी स्थानीय सरकार विरुद्ध पर्ने गरेका छन् । स्थानीय पालिकाहरुमा विकासका नाममा बेथिति बढीरहेको उजुरी संख्याले देखाउँछ । 
कार्यालय प्रमुख दाहालका अनुसार कुल उजुरी संख्या मध्ये ९०९ वटा मात्रै उजुरी फछ्र्योट भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप