बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कारागारमा क्षमताभन्दा दोब्बर बन्दी

मङ्गलबार, २४ साउन २०७९, १५ : २२
मङ्गलबार, २४ साउन २०७९

बागलुङ जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदी बन्दी बस्न बाध्य छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा तिनलाई बस्ने ठाउँको अभाव भएको हो । पुरुषतर्फ ५० र महिलातर्फ २० क्षमता गरी ७० जनाको क्षमता रहेको कारागारमा १७६ कैदीबन्दी बस्न बाध्य छन् ।

 हाल पुरुषतर्फ एक सय ६६ र महिलातर्फ १० गरी १७६ कैदीबन्दी रहेकामा एकजना ६४ वर्ष उमेर माथिका छन् । महिला कैदी बन्दीसँग हाल तीन नाबालकसमेत कारागारमा छन् । उक्त कारागारमा हाल ८१ कैदी र ९५थुनुवा रहेका छन् । कैदीतर्फ ७७ पुरुष र तीन महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला छन् । कारागारमा ठाउँको अभाव हुँदा महिलाभन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा   थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ । 

कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी बस्नुपर्ने बाध्यता रहेको छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न र हिँडडुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यता रहेको कारागारका प्रमुख डिलबहादुर केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप