शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोर बोक्ने गाडी तोडफोडपछि बालेन शाह आक्रोशित, ‘जघन्य अपराधीलाई कारवाहीकाे माग’

मङ्गलबार, २४ साउन २०७९, १५ : ४३
मङ्गलबार, २४ साउन २०७९

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर बोक्ने गाडी तोडफोडको घटनाको निन्दा गरेका छन् । सोमबार राती सिस्डोल क्षेत्रमा रहेका फोहोर बोक्ने गाडी तोडफोडको घटनालाई फोहोर व्यवस्थापन गर्न नदिने पछिल्लो चलखेलको रुपमा लिएको उनले बताएका हुन् । 

सामाजिक सञ्जालमा उनले भनेका छन्–‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’

मेयर शाहले कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध रहेको बताउँदै कानुन बमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनुपर्ने उल्लेख गरेका छन् । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको उनको भनाइ छ । 

मेयर शाहले भनेका छन्–‘केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’ राजधानी काठमाडौंसहित यस आसपासका नगरपालिकाको फोहोर विर्सजनस्थल सिस्डोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राख्दै फोहोर मैला व्यवस्थापनमा असहयोग गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप