मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने बम्पर उपहार विजेता

मङ्गलबार, २४ साउन २०७९, १५ : ४७
मङ्गलबार, २४ साउन २०७९

इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको ‘रेमिटोत्सव’ योजना सम्पन्न गरेको छ। वैशाख १ बाट प्रारम्भ भएको योजना साउन ४ गतेसम्म सञ्चालन भएको थियो ।  योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने रहेको थियो ।  ‘वैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ’ मूल नाराका साथ सम्पन्न योजनामा १४ हप्ता सम्म विश्वका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप रु. ५,००० प्रदान गरिएको कम्पनीले जनाएको छ । 
त्यस्तै बम्पर विजेता कतारमा रहेका गोर्खाका कमल कमर भएका छन् ।  उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमूलक योजना – रेमिटोत्सव सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा हामी खुशी छौँ । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन । त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँँ । 

इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपछि आइफोन जित्ने चान्स अफर लिएर ल्याएको छ । विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमूलक यस अफरमा पठाउनेले आइपफोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन् । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले रु. २०० को बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप