शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘फ्र्याङ्की बर्सामा नै बस्न चाहन्छन्’

मङ्गलबार, २४ साउन २०७९, १५ : ५५
मङ्गलबार, २४ साउन २०७९

म्यानचेस्टर युनाइटेडको रुचीबीच बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले फ्र्याङ्की डि योङ क्लबमा नै बस्न चाहेको बताएका छन् । प्रिमियर लिग क्लबले २५ वर्षीय नेदरल्याण्डका मिडफिल्डरका लागि ६.३५ करोड पाउन्ड खर्च गर्ने सहमति बने पनि हालसम्म अनुबन्ध प्रक्रिया पुरा हुन सकेको छैन ।

गत आइतबार पुमास यूएनएएमविरुद्ध ६–० को जीत हासिल गर्ने क्रममा डि योङले गोलसमेत गरेका थिए । ‘उनी बार्साका खेलाडी हुन्, हामी उनी यहीँ बसून् भन्ने चाहन्छौँ,’ लापोर्टाले भने, ‘उनका लागि अफरहरू आएका छन् । उनी पनि यहीँ बस्न चाहन्छन् ।’ उनका लागि चेल्सीले पनि अफर पेस गरेको समाचारहरू आएका छन् ।

बार्साले उनलाई तलबको रकम तिर्न बाँकी रहेको छ । यस विषयमा उनी र बार्सिलोनाबीच विवादसमेत देखिएको छ । बार्सिलोना यो सिजन नयाँ खेलाडीका लागि १२ करोड पाउन्डभन्दा बढी खर्च गरिसकेको छ । बार्साले रोबर्ट लेवान्डोस्की, राफिना र जुल्स कोउन्डेलाई खरिद गरेको छ भने आन्द्रेस क्रिस्टिएन्सन र फ्रांक केसी फ्रिट्रान्सफरमा क्लबसँग अनुबन्ध भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप