शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट र महापुरुष चलचित्रबीच सहकार्य गर्ने सम्झौता

मङ्गलबार, २४ साउन २०७९, १६ : ०३
मङ्गलबार, २४ साउन २०७९

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीच चलचित्र “महापुरुष” का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्नेगरी सम्झौता भएको छ । पछिल्लो समय चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ ।

शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप आज शिवम् सिमेन्ट र षड्कोण आर्टस्बीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा षड्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्राण्डसँग सहर्काय गरी चलचित्र निर्माण एवम् प्रवर्द्धनमा थप टेवा पुगेको बताए । उनले अन्य ब्राण्डलाई समेत यसखालको सहकार्य गर्न हौसला मिलेको बताए । 

कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, के.पि. रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो भने षट्कोण आर्टस्को तर्फबाट निर्देशक भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । उक्त चलचित्र आगामी कात्तिक ११ मा  रिलिज हुन गइरहेको छ । चलचित्रमा मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप