बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीबाट ३ जना हुण्डी कारोबारी पक्राउ, ७४ लाख रुपैयाँ बरामद

मङ्गलबार, २४ साउन २०७९, १६ : ०६
मङ्गलबार, २४ साउन २०७९

हुण्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली रहेका हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुण्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् । 

कोइरालाले पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको जानकारी दिए । पछिल्लो समय राजधानीमा हुण्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरुमाथि निगरानी बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप