शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साराको ‘गुञ्जन’ सेन्सर पास

मङ्गलबार, २४ साउन २०७९, १८ : २२
मङ्गलबार, २४ साउन २०७९

अष्ट महर्जनको निर्देशित फिल्म ‘गुञ्जन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले सोमबार फिल्म हेरेर सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको हो । सेन्सर बोर्डका सदस्यले फिल्मको प्रशंसा समेत गरेको निर्देशक महर्जनले बताए ।

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म विशुद्ध प्रेमकथामा निर्माण भएको हो । सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको फिल्ममा अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । 

काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत राखिएको छ । फिल्मका वितरक काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप