बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनका लागि प्रहरीले माग्यो ७ सयभन्दा बढी गाडी

मङ्गलबार, २४ साउन २०७९, २० : २९
मङ्गलबार, २४ साउन २०७९

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको छ । गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ ।

प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको छ । प्रहरीले जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ । बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न प्रस्ताव गरिएको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन सुरक्षाका लागी खरिद प्रस्ताव गरिएको सो सवारी साधनको लागत साढे ३ अर्ब लाग्ने अनुमान छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि प्रहरीले ६१० वटा गाडी किन्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थले सहमती नदिएपछि त्यतिबेला खरिद गरिएको थिएन । प्रहरीका लागि १३ सय गाडी आवश्यक रहेको डिआईजी राईले बताए । उनले भने–‘पुराना गाडी धकेलेर चलाउनुपर्ने अवस्था छ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप