बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मतदाता नामावलीमा दाबी विरोधका लागि आयोगले दियो एक साताको समय

मङ्गलबार, २४ साउन २०७९, २१ : ११
मङ्गलबार, २४ साउन २०७९

निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीमा दाबी विरोधका लागि एक साताको समय दिएको छ । आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले भदौ १२ देखि १९ गतेसम्मका लागि दावी विरोधको समय दिएको हो।  

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिन सकिने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

आयोगले तोकेको समयमा नामावली अद्यावधिक (दाबी विरोध)  कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात  भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप