चितवन ३ बाटै चुनाव लड्ने प्रचण्डको घोषणा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने प्रस्ट पारेका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले मंगलबार टोकियोमा रहेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा मंसिर ४ मा हुने निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका हुन् ।
‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु । बरु तपाईंहरु जापानमा रहने साथीभाइहरूले पनि सहयोग गर्नुहोला’, प्रचण्डको भनाइ छ । उनले आफूलाई विभिन्न जिल्ला रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटबाट चुनाव लड्न प्रस्ताव आए पनि आफूले चितवनबाटै उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले चितवन देशको केन्द्रविन्दुमा भएको भन्दै विकासको तीब्र गतिमा जाने सम्भावना समेत रहेकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको बताए । ‘मलाई चुनाव लड्नप¥यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’ त्यसक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि बताए । ‘अहिले पनि प्रधानमन्त्रीको प्रस्ताव छ, तर म प्रधानमन्त्रीको रेसमा छैन’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली