काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा, खोलामा बाढी कायमै
बुधबार, २५ साउन २०७९, ०७ : ०९
गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो ।
जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ । यी नदी किनारमा रहेका बस्तीमा रातभर उच्च सतर्कता अपनाइएको थियो । कतिपय बस्तीमा पनी पसे पनि ठूलो क्षति भने पुगेको छैन ।
काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कायमै रहेकोले खोला किनारका बस्तीमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा