शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय

बुधबार, २५ साउन २०७९, ०९ : २३
बुधबार, २५ साउन २०७९

नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद हेरफेर गरिएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार सकिएको थियो । तर सोमबार बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीको नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद हेरफेर गरिएको हो । 

उक्त मन्त्रालय मुख्यमन्त्री जीवनबहादुर शाहीले आफै राखेका हुन् । मंगलबार मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद हेरफेर गरेका हुन् ।  

उक्त मन्त्रालयमा माओवादीले डोल्पाका वीरबहादुर शाहीलाई पठाउने चर्चा थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप