धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, २५ साउन २०७९, १२ : २७
कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् ।
धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मडैको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२ ८२ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै