शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकन आइडल स्टार आर्थर गन नेपाल आउँदै

बुधबार, २५ साउन २०७९, १२ : ३०
बुधबार, २५ साउन २०७९

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिनेछन् । 

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आइडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए । उनको प्रस्तुतिलाई सबै ३ निर्णायकहरू द्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई “हि ईज द बेस्ट” भनी प्रशंसा पनि गरेकी थिइन् ।

उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरू र कलाकारहरूले समस्त कार्यक्रम भरि प्रशंसा गरे । हालसम्म उनले कुल ८ वटा गीतहरू रहेको आफ्नो पहिलो एल्बम, ग्रहण, २०१८ को सुरुवातमा रिलिज गरे र अर्को एल्बम, खोज, २०१९ मा म, खोज र कर्णाली लगायतका गीतहरू सहित जारी गरेका छन् ।

विश्वभरका दर्शकहरूबाट अपार माया र समर्थन पाएपछि, आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ब्रेन सर्भिसिङ र एम.एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप