बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा रिलायन्स लाइफ इन्स्योरेन्सको सम्मेलन सम्पन्न

बुधबार, २५ साउन २०७९, १४ : २०
बुधबार, २५ साउन २०७९

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा ‘वार्षिक राष्ट्रिय सम्मेलन’ सम्पन्न गरेको छ ।  यस्तो खालको सम्मेलन कम्पनीले वार्षिक रुपमा गर्दै आएको छ । 
देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित सिनियर मेनेजमेन्ट टिम सहभागी सम्मेलनमा कम्पनीको आगामी १ बर्षभित्र गर्नुपर्ने काम, कम्पनीको व्यापारिक धारणा, विभन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र आगामी दिनमा बीमाको दायरालाई फराकिलो कसरी बनाउने भन्नेबारे गम्भीर छलफल तथा अन्तरक्रिया भएको बताइएको छ । 

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले यस्तो खालको कार्यक्रमले  कम्पनीको व्यवसायिक रणनीति तयार गर्न एक कोशेढुङ्गा हुने बताए । यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र बिगत बर्षको व्यवसायिक समीक्षा गरेका थिए । 

दुई दिनसम्म संचालन भएको सो सम्मेलनका क्रममा मा बर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रीय कार्यालय साथै बिभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत कर्मचारीलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप