शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, कारोबार १ अर्ब ९३ करोडमा खुम्चियो

बुधबार, २५ साउन २०७९, १५ : १२
बुधबार, २५ साउन २०७९

बुधबार सेयर बजार परिसूचक नेप्सेमा थप ५ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा बुधबार थप ५.११ अंकले घट्दै नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको हो ।  यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बीमा समूहको ०.१ प्रतिशतले मात्र घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप