थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
बुधबार, २५ साउन २०७९, १६ : ४७
पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।
यस्तै सोही समयमा ३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४१४ निको भएका छन् भने नेपालमा हाल ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै