शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिपेन्द्र टी–ट्वान्टी वरीयताको अलराउन्डरतर्फ आठौं स्थानमा

बुधबार, २५ साउन २०७९, १७ : ००
बुधबार, २५ साउन २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–ट्वान्टीको ब्याटिङ वरीयतामा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा अलराउन्डरतर्फ आठौं स्थानमा यथावत रहन सफल भएका हुन् ।

दिपेन्द्र ब्याटिङ वरीयताको ४२ औं स्थानमा छन् । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८ औं स्थानमा यथावत छन् ।​ बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् । बलिङमै अविनाश बोहरा दुई स्थान तल झरेर ९४ औं स्थानमा रहेका छन् ।

नेपालले अब केन्यासँग टी–ट्वान्टी र एकदिवसीय अभ्यास सिरिज खेल्दैछ । जसमा पाँच टी–ट्वान्टी खेलको सिरिज हुनेछ भने तीन एकदिवसीय सिरिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप