काँग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति चन्द काँग्रेस (बिपी) मा प्रवेश

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

नेपाली काँग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द काँग्रेस (बिपी)मा प्रवेश गरेका छन्। बुधबार काँग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्। 


हाल कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न काँग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए। चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितक यात्रा सुरु गरेका थिए। २०३६ सालमा काँग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए। उनी २०४६ सालको जनआन्दोलनमा जेलसमेत परेका थिए। २०४७ सालमा दार्चुलामा काँग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए। 



प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा काँग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए। तर, काँग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उनी निष्क्रिय रहेका थिए। बिपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई  काँग्रेस बिपीको विधान आत्मसात गरी आबद्धता जनाएको उनको भनाइ छ। 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।