नेपालमा चुनाव हुने दिन विश्वकप फुटबलको उद्घाटन खेल
फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने भएको छ । रोयटर्सले दिएको जानकारी अनुसार उद्घाटन खेल नोभेम्बर २० मा हुने भएको हो । कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो ।
तर, हाल आएर एक दिन अघि विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल सुरु हुने स्रोतलाई उदृत गर्दै रोयटर्सले खबर छापेको छ । सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ ।
पहिलो दिनमा नै सेनेगल र नेदरल्यान्ड्सबीचको समूह ‘ए’को खेल र समूह ‘बी’को इल्यान्ड र इरानबीचको खेल सोमबार हुने कार्यक्रम थियो । एक दिन पहिले आयोजना गर्नका लागि फिफाका छ वटा क्षेत्रीय कन्फेडेरेसनका प्रमुख र अध्यक्ष जियानी इन्फान्टिनोले मतदान गर्नुपर्नेछ । ढिलो सूचनाका बाबजुत पनि मिति सर्ने भएको रोयटर्सले जनाएको छ । नोभेम्बर २० अर्थात मंसिर ४ गते नेपालमा आम चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध