शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डू र फोकसवानबीच भुक्तानी सेवा सम्झौता

बुधबार, २५ साउन २०७९, १८ : २०
बुधबार, २५ साउन २०७९

बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी  सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका कार्ड बाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । 

बैंकका कार्ड बाहकहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ ।

साथै, बैंकका कार्डबाहक महानुभावहरूले मोको मार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ ।  यससँगै बैंकका कार्डबाहकले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् ।  यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप