शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुलमको जितमा सावित्राको पाँच गोल

बुधबार, २५ साउन २०७९, १८ : ३०
बुधबार, २५ साउन २०७९

नेपाली राष्ट्रिय महिला फुटल टोलीकी खेलाडी सावित्रा भण्डारीको पाँच गोलको सहयोग गोकुलम केरलाले केरेला महिला लिगमा सहज जित हात पारेको छ । गोकुलम केरेला एफसीले केरला युनाइटेड एफसीलाई ११–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन् । पहिलो खेलमा २७ मिनेट भित्र ह्याट्रिक पूरा गरेकी सावित्रा ४ गोल गरिन् । खेलको तेस्रो मिनेटमा गोल गर्दै सावित्राले टिमलाई अग्रता दिलाइन् । त्यस्तै खेलको छैटौं मिनेट व्यक्तिगत दोस्रो गोल गरेकी सावित्राले २७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

सावित्राले ३५ औं मिनेटमा चौथो गोल गरेकी थिइन् । गोकुलमका लागि सन्धियाले २ गोल गरिन् । त्यस्तै कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान एक–एक गोल गरे । सावित्रा प्लेयर अफ दी म्याच चुनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप