दक्षिण कोरियामा बर्षाका कारण ९ जनाको मृत्यु, सात बेपत्ता
दक्षिण कोरियामा अत्यधिक बर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन् ।
बुधबारसम्ममा ५०० मिलिलिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये एक जना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ । स्थानीय समयअनुसार मङ्गलबार दिउसो ४.२३ मा ग्येयोङ्गी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो । बर्षापछिका घटनाका कारण सोल र ग्येयोङ्गीका क्षतिग्रस्त ३९८ घरका ५७० जना विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न आश्रय स्थलहरुमा लगेर राखिएको छ ।
अहिले दक्षिण कोरियामा देशभरी गरेर कूल एक हजार २५३ जना बर्षाका कारण विस्थापित भएका छन् । उनीहरू ७२४ घरका हुन् । बर्षाका कारण दुई हजार ६०० घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारी साधन डुबानमा परेका छन् । बर्षाले सडक, विद्युत, सञ्चारलगायतका सेवाहरुलाई पनि प्रभावित पारेको अधिकारीहरुले जनाएका छन् । कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन् । सेवा सूचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै