सर्वोच्च अदालतको आदेशप्रति मेयर बालेन शाह असन्तुष्ट
बुधबार, २५ साउन २०७९, २१ : ३६
सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि व्यक्त गरेका छन् ।
आज सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन सोमबार मेयर शाह आफैं पुगेर सूचना टाँस गरेका थिए । तर अदालतले यसलाई रोकेपछि शाहले समाजिक सञ्जालमा भनेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी