बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुपर डान्सर नेपाल’ को प्रसारण शुभारम्भ, जजमा को ?

बुधबार, २५ साउन २०७९, २२ : ४५
बुधबार, २५ साउन २०७९

‘सुपर डान्सर नेपाल’ साउन २६ गतेदेखि प्रशारण हुने भएको छ ।   यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण एडी रिलिजले जनाएको छ । ‘सुपर डान्सर नेपाल’ को जजमा भुवन केसी , जसिता  गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन् । 

आयोजकका अनुसार काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन गरिनुका साथै साथै नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप