विभिन्न जिल्लामा मल पठाउन थालियो

person explore access_timeसाउन २६, २०७९ chat_bubble_outline0

कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।  


दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए ।



अन्य बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा आउने योजना छ । वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले मधेस प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्की लगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिने छ । 



उक्त रासायनिक मल  वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल भित्रिएको हो । नेपाल सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको थियो । ओमानबाट नेपालको लागि आयात गरिएको मल पानी जहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकत्ता बन्दरगाहमा आउने र त्यहाँबाट रेलबाट वीरगञ्जस्थित ड्राइपोर्टमा ढुवानी हुँदै आएको छ ।

खरिद गरिएका सबै मल आएपछि आर्यात हुने मलमध्ये मधेस प्रदेशका लागि ३२.०२ प्रतिशत अर्थात् ०६४५.४ मेट्रिक प्राप्त गर्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्र चौलागाईंले जानकारी दिए।  कार्यालय प्रमुख चौलागाईंका अनुसार, ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार मेटन युरिया मलमध्ये मधेस प्रदेशमा आठ हजार पाँच सय मेटन वितरण गरिने छ । पर्साका लागि भने आठ सय ५० मेटन (१७ हजार बोरा) र बाराका लागि एक हजार मेटन (२० हजार बोरा) युरिया वितरण गरिने छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।